शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘डाट्सन फेस्टिभ हट डिल’ योजनाः कार किन्दा मोबाइल गिफ्टदेखि २ लाखसम्मको छुट

मङ्गलबार, ०८ भदौ २०७८, १४ : १४
मङ्गलबार, ०८ भदौ २०७८

काठमाडौं । नेपालमा डाट्सन ​गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।

कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । 

यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको जनाएको छ । 

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्सचेञ्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप