अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्चितकालका लागि स्थगित
![अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्चितकालका लागि स्थगित](https://rpcdn.ratopati.com/media/albums/291458.4_luogyCViSm.jpg)
अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदाधिकारी सहमत भएका हुन् ।
यस श्रृंखलालाई २०२२ मा गर्नका लागि प्रयास गरिने पाकिस्तानी क्रिकेट बोर्डले जारी गरेको ट्वीटमा उल्लेख छ । अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद सिनवारीले यसअघि पाकिस्तानमा शृंखला सार्ने प्रयास भएपनि अन्ततः यसलाई स्थगित गर्ने निर्णयमा पुगेको बताए ।
तालिवानले अफगानिस्तान कब्जा गरेयता काबुलबाट कुनै पनि व्यवसाहिक उडानहरु सञ्चालन भइरहेको छैन, त्यसैगरी शुक्रबारमात्रै श्रीलंकाले आफ्नो देशमा १० दिने लकडाउन घोषणा गरेको छ । यहाँ, बुधबार एकैदिन ३ हजार ७ सय ९३ जनामा कोरोना देखिएको थियो भने त्यसदिन सर्वाधिक १ सय ८७ जनाले ज्यान गुमाएका थिए ।
अफगानिस्तानको टोलीले सडकमार्ग हुँदै पाकिस्तान, त्यसपछि हवाई मार्गबाट दुबई र त्यहाँबाट कोलम्बो जाने अनुमान पनि लगाइएको थियो, तर कोभिड १९ प्रोटोकलका कारण यो घुमाउरो रुट पनि चुनौतीपूर्ण थियो । त्यहीकारण पाकिस्तानमा खेल सार्ने विषयमा पनि छलफल भएका थियो ।
‘यस साँझसम्म हामी पाकिस्तानसँग शृंखला खेल्न सहमत थियौं । र, उनीहरुले दिएको सहयोगका लागि हामी धन्य छौं,’ सिनवरीले भने,‘तर त्यसपछि अवस्था बुझ्न, विशेषगरी हाम्रा खेलाडीको मानसिक अवस्थाका कारण उनीहरु तयार छैनन् भन्ने हामीलाई लाग्यो । उनीहरु तयार छैनन् भन्ने हामीले थाहा पायौं । हामीलाई क्याम्पको जरुरी थियो र खेलाडीहरुलाई मौसममा अभ्यस्त गराउनका लागि समय पनि लाग्ने थियो ।’
उनले थपे,‘हामीले धेरै समय गुमाइसकेका छौं र पाकिस्तानविरुद्ध छोटो तयारीले पुग्दैन । पाकिस्तान राम्रो टोली हो र उसको घरमा खेल्नका लागि पूर्ण तयारी आवश्यक पर्छ । बिडम्बना, अहिले हामी त्यस्तो अवस्था छनौं र अनिश्चितकालका लागि यो खेल सरेको छ ।’
तालिवानले सत्ता कब्जा गरेपनि अफगानिस्तानको १७ सदस्यीय राष्ट्रिय टोली पाकिस्तानविरुद्ध तयारी गर्नका लागि गत साता काबुलमा भेला भएको थियो । यता, पाकिस्तानले भने समयमै टोली घोषणा गरिसकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभर सिरोसिस, हेपाटाइटिस जस्ता रोगहरूबाट बचाउने सुपरफुड
-
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध श्रेष्ठले हाले सर्वोच्चमा मुद्दा
-
फिल्म ‘बुलाकी’ फेरि साउन ३२ मा प्रदर्शन हुने
-
हामी एकताको पक्षमा थियौँ र एमालेमै रहन चाहन्थ्यौँ : माधवकुमार नेपाल (पूर्णपाठ)
-
श्रीमतीको रिसले मिलेनियरले आफ्नै घर जलाएपछि...
-
वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी