आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अष्टलक्ष्मी शाक्य सल्लाहमै मुख्यमन्त्री बनेको माधव नेपालको खुलासा

मङ्गलबार, ०८ भदौ २०७८, १३ : ०३
मङ्गलबार, ०८ भदौ २०७८

नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् । चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको बताएका हुन् ।

‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’, नेपालको भनाइ छ ।

नेपालले त्यसपछि मात्रै वागमती प्रदेश सरकारबारे आफ्नो पार्टीले धारण बनाउने पनि बताए । ‘२१ दिनभित्र रोज्न पाउने व्यवस्था अनुसार त्यो समयभित्र कता रोज्नुहुन्छ, त्यसका आधारमा त्यो सरकारलाई हेर्ने दृष्टिकोण बन्छ’, नेपालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप