शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्री गर्ने आज अन्तिम दिन, कतिसम्म किन्न सकिन्छ ?

मङ्गलबार, ०८ भदौ २०७८, १३ : ०३
मङ्गलबार, ०८ भदौ २०७८

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले बिक्री खुला गरेको संस्थापक सेयर बिक्रीको आज अन्तिम दिन हो । फाइनान्सको संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता सेयर बिक्री लागि खुला भएको हो । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज भदौ ८ गते कार्यालय समय भित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमा दररेटका साथ सम्पूर्ण विवरण पेश गर्न कम्पनीले आव्हान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप