पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमलाई अझै घाटा, १५ दिनमै ९६ करोड घाटा
सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो ।
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ ।
निगमले डिजेल÷पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६ रुपैयाँ घाटा हुने निगमले जानकारी दिएको छ । यस्तै, खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढेपछि प्रतिसिलिन्डर ४२० रुपैयाँ ७५ पैसा घाटामा रहेको बताइएको छ ।
१५ दिनको अवधिमा पेट्रोलमा १९ करोड, डिजेलमा १९ करोड र एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन