आज सकिँदै एचआईडीसीएलको हकप्रदमा आवेदन
मङ्गलबार, ०८ भदौ २०७८, ११ : ५४
हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । जेठ २७ गतेसम्म कायम भएका कम्पनीको सेयरधनीहरुले यसमा आवेदन गर्न पाउनेछन् ।
कम्पनीले साउन पहिलो सातादेखि शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अङ्कित ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर खुलाएको थियो ।
कम्पनीले सेयर निष्कासनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरेको थियो । बुक क्लोज हुनु अघिसम्म रहेका कम्पनीको सेयरधनीहरुले मात्रै यसमा आवेदन गर्न पाउँछन् । हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
हाल ११ अर्ब रुपैयाँ रहेको कम्पनीको चुक्तापूँजी हकप्रद सेयर निष्कासनपछि २२ अर्ब रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग
-
बागमती प्रदेश समन्वय परिषद्को बैठक : ‘डोजरे विकास बढी भयो’
-
कुलमान र महावीरप्रति एमाले नेता गुरुङको आपत्तिजनक टिप्पणी
-
सिन्धुलीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
-
यादव समुदायको जन्म अरूको कल्याणका लागि भएको हो : भारतीय सांसद यादव
-
प्रधानमन्त्रीलाई सहकारी पीडितको प्रश्न– हाम्रो बचत कहिले फिर्ता हुन्छ ?