शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वार्ता र सहमतिको भ्रममा नपर्न माधव नेपालको आग्रह

मङ्गलबार, ०८ भदौ २०७८, ११ : ४६
मङ्गलबार, ०८ भदौ २०७८

 नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको ‘वार्ता र सहमति’ लाई छलकपटपूर्ण धोखाघडीको नाटक भनेका छन् ।  

नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरतास्वरुप नै ‘वार्ता र सहमति’का नाटक मञ्चन भइरहेको नेता नेपालको दावी छ ।

सामाजिक सञ्जालमार्फत नेता नेपालले भनेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरुद्ध विद्रोह गर्दै कम्युनिस्ट आन्दोलन र संस्कृतिको रक्षा,मुलुकको सम्मृद्धि एव जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरता स्वरुप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचारहरु सर्वाजनिक भएका छन् ।’ उनले यस्ता छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न समेत अपील गरेका छन् । ‘
अतः यसप्रकारका छलकपटपूर्ण सामचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पुर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपील गर्दछु’, नेता नेपालको अपील छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप