बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गोवामा तामिल फिल्म ‘कञ्चना–३’ की अभिनेत्री एलेक्जेन्ड्राको शव फेला

मङ्गलबार, ०८ भदौ २०७८, ११ : ०९
मङ्गलबार, ०८ भदौ २०७८

सर्वाधिक चर्चित फिल्म ‘कञ्चना–३’ की अभिनेत्री तथा रसियन मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ । दीजाभीको शव गोवास्थित फ्ल्याटमा​ भेटिएको हो । 

उनी उक्त फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै आएकी थिइन् । उनको शव भान्साकोठामा झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले झुन्डिएको अवस्थामा रातो सारी लगाएकी प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । प्रहरीले शवको वरिपरि कुनै पनि सुसाइड नोट फेला पारेको छैन ।

प्रहरीले अभिनेत्रीले आत्महत्या गरेको हुनसक्ने बताएको छ । तर, मृत्युको कारण के हो भने अझैसम्म खुल्न सकेको छैन । रिपोर्टका अनुसार एलेक्जेन्ड्रा मानसिक रुपमा विचलित थिइन् । उनी आफ्नो मानसिक अवस्थालाई सही बनाउनका लागि औषधि सेवन गर्ने गर्थिन् । उनी प्रेमीसँग सम्बन्ध टुटेपछि तनावमा थिइन् । 

प्रहरीका अनुसार उनको प्रेमी फ्ल्याटमा पुग्दा ढोका भित्रबाट बन्द थियो । 

सन् २०१९ मा २४ वर्षीया अभिनेत्री दीजाभीले चैन्नईमा एक फोटोग्राफरको विरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । 

‘कञ्चना–३’ राघव लरेन्सद्वारा लिखित फिल्म हो । उनले फिल्मको निर्देशन पनि गरेका हुन् । उनी फिल्ममा राघव लरेन्सले ओभिया, बेधिका, निक्की तंबोली र री जाबी एलेक्जेन्ड्रासँग देखिएकी थिइन् । उनले फिल्म ‘रोजी’ मा कालीको भूमिका निभाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप