तालिबान आतंककारी हुन्, अब प्रतिबन्धमाथि कुरा गर्नुपर्छः क्यानेडेली प्रम
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसारका जीसेभेन (जी७) देशसँग अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब प्रतिबन्धबारे सोच्न आवश्यक भएको बताएका छन् ।
अफगानिस्तानमाथि जीसेभेन देशको हुन लागेको बैठकभन्दा एक दिन अघि सोमबार ट्रूडोले क्यानडाले तालिबानलाई पहिलेदेखि आतंककारी मान्ने गरेको बताउँदै उनीहरु आतंककारीको सूचीमा भएको र अब प्रतिबन्धबारे कुरा गर्न सकिने बताएका छन् ।
मंगलबार जी७ का सदस्य देश क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिकाले अफगानिस्तानमाथि भर्चुअल बैठकको आयोजना गर्न लागेका छन् ।
क्यानडाका प्रधानमन्त्रीले उनीहरुले जी७ का आफ्नो साथी नेतासँग कुराकानी गर्न लागेको र के होला त्यो हेर्न बाँकी भएको बताएका छन् ।
जी७ को अध्यक्षता यतिबेला ब्रिटेनसँग छ र उसका अनुसार हालको जारी प्रतिबन्धमा फुकुवा तालिबानको व्यवहारमा निर्भर हुनेछ ।
यस्तै, अफगानिस्तानमाथि तालिबानको कब्जापछि ३१ अगस्टसम्म सबै विदेशी फौजले देश छोड्नुपर्नेछ तर यसैबीच युरोपेली संघ र ब्रिटेनले यो मितिमा सकैलाई देशबाहिर निकाल्न असम्भव भएको बताएका छन् ।
बाइडेनमाथि अफगानिस्तानसँग अन्तिम मिति बढाउन दबाब छ जबकी तालिबानले यो मितिसम्म अमेरिकी सैनिकले देश नछोडे आफूहरुका लागि यो सह्य नहुने र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेको छ ।
जस्टिनले क्यानडाको ध्यान हाल धेरैभन्दा धेरै अफगानी जनतालाई सुरक्षित तरिकाले निकाल्नमा केन्द्रीत भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या