आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तेस्रो धारका नेतासहित एमाले बैठक बस्दै

मङ्गलबार, ०८ भदौ २०७८, १० : २९
मङ्गलबार, ०८ भदौ २०७८

नेकपा एमालेको स्थायी समिति आज बस्दैछ । पार्टीभित्रको तेस्रो धारका नेताहरुसँग सोमबार भएको सहमतिअनुसार आज बैठक बोलाइएको हो । बैठक ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

आजको बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने छन् । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबारको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि यसअघि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका हुन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगेको बताएपनि त्यसयता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप