धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा
धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो । हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ ।
भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए ।
हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । केही महिना पूर्व महोत्तरीको भ्रमरपुरामा सुजाता ठाकुर हत्या प्रकरण नसेलाउँदै धनुषामा समेत सोही प्रकृतिको हत्याको घटना सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण