बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स, स्मरण शक्ति पनि बढ्ने

मङ्गलबार, ०८ भदौ २०७८, १० : ०४
मङ्गलबार, ०८ भदौ २०७८

यदि तपाईंले समयसँगै आफूले कुराहरु बिर्सन थालेको छु भनेर महसुस गर्न थाल्नुभएको छ भने तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउने बेला भएको छ भनेर बुझ्नुहोस् । आफ्नो खानामा एन्टी अक्सिडेन्ट्स, भिटामिन र ओमेगा थ्री फ्याटी एसिडले भरपुर खाद्यान्नलाई आफ्नो खानामा समावेश गर्नुपर्छ । यी तत्वले भरपुर खानाले तपाईंको स्मरण शक्तिलाई पक्कै पनि तेज बनाउनेछ । आउनुहोस्, हामीले के कस्ता खानेकुरा खाने भन्नेबारे जानकारी लिऔं । 

भारतको सरोज अस्पतालका कन्सल्टेन्ट, इन्टरनल मेडिसिन डाक्टर एसके मुन्द्रका अनुसार यस्ता फल र सब्जी तपाईंको सूचीमा छन् जसले तपाईंको स्मरण शक्तिलाई बुस्ट गर्न सक्छन् । यतिमात्रै होइन, चिया र कफीमा एन्टी अक्सिडेन्ट तत्व पाइन्छन् जसले दिमागलाई कुनै पनि प्रकारको क्षतीबाट जोगाउँछ । यतिमात्रै होइन, नट्स र सीड्सले पनि ब्रेन मेमोरीलाई सार्प बनाउने गर्छ । त्यसैले यी सबैलाई तपाईंले आफ्नो खानामा कुनै न कुनै रुपमा पक्कै पनि गर्नुपर्छ । 

१. चोकरयुक्त खानेकुराको सेवनः

तपाईंको शरीरको कुनै पनि हिस्सा झैं तपाईंको दिमाग पनि ऊर्जाबिना काम गर्न सक्दैन । यदि तपाईं आफ्नो दिमाग अत्यधिक एकाग्र होस् भन्ने चाहनुहुन्छ भने यसलाई ऊर्जा दिन आवश्यक छ । यो कामका लागि तपाईंले चोकरयुक्त खानेकुराको सेवन गर्न सक्नुहुन्छ । यस्ता चोकरयुक्त खानेकुराको सेवन गर्नुहोस् जसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ । यी सबका बीच तपाईंको शरीरले ऊर्जा पाउँछ र तपाईं मानसिक रुपमा पनि स्वस्थ रहनुहुन्छ । 

२. इएचएयुक्त माछाः

केही फ्याटी एसिड तपाईंको शरीरले बनाउन सक्दैन । यसका लागि तपाईंलाई केही खानेकुराको आवश्यकता पर्छ । तपाईंले ओयली फिशको सेवन गर्न सक्नुहुन्छ । त्यस्ता माछा जसमा इएचए र डीएचए हुन्छ । यसले तपाईंले दिमागको क्रियाकलापलाई स्वस्थ बनाउन मद्दत गर्छ साथै तपाईंको मुटु र जोर्नीको स्वास्थ्यका लागि पनि यी सबै तत्व आवश्यक छन् । ओमेगा थ्रीका कारण तपाईं डिप्रेशनबाट पनि राहत पाउन सक्नुहुन्छ । 

३. ब्लू बेरीः

ब्लू बेरीले तपाईंको सर्ट टर्म मेमोरीलाई बलियो बनाउनका लागि निकै लाभदायी भूमिका निर्वाह हुन्छ । यदि तपाईं स–साना कुरा बिर्सनु हुन्छ भने यो फलको सेवन गर्दा तपाईंको स्मरण शक्ति तीब्र हुनसक्छ । यसका साथै तपाईंले ब्लू बेरीका साथै गाढा रातो र प्याजी रङका फलफूल पनि खानुपर्छ । यी फलमा एन्टी साइननजस्ता तत्व हुन्छन् जसले तपाईंको दिमागजस्तो अंगलाई सुरक्षित राख्न मद्दत गर्छ । 

४. गोलभेंडाः

गोलभेंडामा लाइकोपिन नामको तत्व हुन्छ । यो एक प्रकारको एन्टी अक्सिडेन्ट हो र यसले तपाईंको फ्री रेडिकल्सको क्षती हुनबाट पनि जोगाउँछ । गोलभेंडाले तपाईंलाई डिमेन्सिया र अल्जाइमरजस्ता रोगको जोखिमबाट पनि जोगाउँछ । यसमा केही फाइटो न्यूट्रियन्ट्स हुन्छन् जसले तपाईंको शरीर विशेषगरी तपाईंको दिमागका लागि निकै लाभदायी हुन्छन् । 

५. अण्डाः

अण्डामा भिटामिन बी सिक्स र बी१२ हुनुका साथै फोलिक एसिड पनि हुन्छन् जसले तपाईंको शरीरबाट हिमो सिस्टिन नामक तत्वलाई कम गर्न सहायक हुन्छ । यो तत्वले स्ट्रोक र अल्जाइमरको जोखिम बढाउँछ, त्यसैले अण्डाले तपाईंको यी सबै रोगको जोखिम कम गर्छ । अण्डाको पहेँलो भागमा पनि केही यस्ता तत्व हुन्छन् जसले तपाईंको स्मरण शक्ति तेज बनाउन लाभदायी भूमिका निर्वाह गर्छ । 

६. फर्सीको बियाँः

फर्सीको बियाँमा जिंक हुनुका साथै यस्ता थुप्रै तत्व हुन्छन् जुन तपाईंको दिमागका लागि स्वस्थ र तपाईंको स्मरण शक्ति तीब्र बनाउनका लागि लाभदायी मानिन्छ । यसमा म्याग्नेसियम, भिटामीन बी र ट्रायप्टो फ्यान हुन्छ जसले तपाईंको स्ट्रेसलाई कम गरेर तपाईंको मूडलाई राम्रो राख्छ जसका कारण तपाईंको मानसिक स्वास्थ्य राम्रो हुन्छ । 

तपाईं चाहनुहुन्छ भने ब्रेन पावर बढाउनका लागि बजारमा उपलब्ध सप्लिमेन्ट्सको सेवन पनि गर्न सक्नुहुन्छ तर डाक्टरको सल्लाहमा । तपाईंको शरीर कति सक्रिय रहन्छ, त्यति नै दिमाग पनि सक्रिय रहन्छ । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप