यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र पार्टी नियमावली
मङ्गलबार, ०८ भदौ २०७८, ०९ : १४

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए ।
३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले रातोपाटीलाई बताइन् उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट