बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेर्नुहाेस् मङ्गलबारको तपाईंको राशिफल

मङ्गलबार, ०८ भदौ २०७८, ०५ : ५३
मङ्गलबार, ०८ भदौ २०७८

वि.सं.२०७८ साल भदौ ०८ गते । मङ्गलबार । इस्वी सन् २०२१ अगष्ट २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा, बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त   उत्तराभाद्रपदा । योग–सुकर्मा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त धृती । करण– गर, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त वणिज, रातको ०४ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ, दिउँसो २ बजेर ५७ मीन  । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३८  मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी ११ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर परिवारमा आत्मीयताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । 

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । 
 
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) काम गर्ने सवालमा आलोचनाको सिकार हुँदा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ । 


सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) शत्रु तथा प्रतिस्पर्धीहरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरू फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक आम्दानी हुनेछ ।  साँझको समय राम्रो रहेकोले भौतिक सम्पत्ति उपहारको रूपमा प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । 


मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य भन लाभ हुने योग रहेको छ । 

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्य बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।
 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप