मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

सोमबार, ०७ भदौ २०७८, २० : ५७
सोमबार, ०७ भदौ २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टी बीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् । चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

आइतबार साँझ नेपाल भ्रमणमा आएका चौथाइवालेले अन्य राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप