बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षीया किशोरीको हत्या आरोपमा खवास पक्राउ

सोमबार, ०७ भदौ २०७८, २० : ०४
सोमबार, ०७ भदौ २०७८

कास्कीको मादीकी १७ वर्षीया किशोरीको हत्या गरेको फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मादी–९स्थायी घर भइ मकैखोलास्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारलाई हत्या गरेर फरार भएका स्याङ्जा हरिनासका खड्कबहादुर खवासलाई १४ महिनापछि कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

स्याङजा पुतलीबजार–४ स्थित शिव मन्दिर चोकबाट आइतबार पक्राउ गरिएका अभियुक्त खवासलाई  जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो । 

गत असार २५ गते मादी–११ पातिघरमा अर्ध नग्न सडेको अवस्थामा कोपिलाको शव फेला पारेको थियो । घटनाको लामो अनुसन्धानपछि अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रवक्ता सुवास हमालले बताए ।  पक्राउ परेका खवासमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप