शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिकः उत्कृष्ट डिजाइनरले पाए १ लाख नगद पुरस्कार

सोमबार, ०७ भदौ २०७८, १९ : ५०
सोमबार, ०७ भदौ २०७८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाइन प्रतिस्पर्धाको विजेताको नाम समेत घोषणा गरेको छ । डिजाइनर आदर्श पोखरेलले डिजाइन गरेको जर्सी उत्कृष्ठ ठहर भएको हो ।

क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । जर्सी छनोट समितिका लागि क्यानकासदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दासले प्रतिनिधित्व गरेका थिए भने प्रायोजकका १ जनाले प्रतिनिधित्व गरेका थिए ।

५०० बढी जर्सीका नमुनाहरू आएको यस प्रतिस्पर्धामा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट साबित भई छनोट भएको हो । नेपाली टोली आई.सी.सी.मा भएकाले उपस्थित हुन नसकेका कारण प्रेस विज्ञप्ति मार्फत् नयाँ जर्सी सार्वजनिक गरिएको क्यानले जनाएको छ ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र माई सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीद्वारा संयुक्त रुपमा जर्सी सार्वजनिक गरिएको थियो भने विजेता आदर्श पोखरेललाई पुरस्कार स्वरुप १ लाख रुपँैया बराबरको चेक प्रदान गरिएको थियो ।  

नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनोटको लागि सहकार्य गरेको माई सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीले बताए ।

त्यसैगरी, अब हुने खेलहरुमा नयाँ डिजाइनको जर्सीले खेलाडीहरुमा नयाँ उर्जा र साहस दिनुका साथै नेपाल र नेपाली प्रतिको आफ्नो जिम्मेवारीको आभास दिलाई रहने विश्वास लिएको क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप