बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा डा. प्रदीप वैद्य नियुक्त

सोमबार, ०७ भदौ २०७८, १९ : ३७
सोमबार, ०७ भदौ २०७८

काठमाडौं । आकस्मिक मेडिकल रेस्पोन्समा क्रियाशिल नेपाल एम्बुलेन्स सेवा (एन.ए.एस)को अध्यक्षमा डा.प्रदीप. वैद्य नियुक्त भएका छन् ।  

नवनियुक्त डा. वैद्यलाई पूर्व अध्यक्ष रञ्जित आचार्यले आज एक कार्यक्रमबीच ब्याटन प्रदान गरे । संस्थाका पूर्व अध्यक्ष आचार्यले नेपाल एम्बुलेन्स सेवा १०२ को अध्यक्षका रुपमा आफ्नो ३ बर्षे कार्यकाल पूरा गरेसँगै नयाँ अध्यक्ष वैद्यलाई ब्याटन हस्तान्तरण गरेका हुन् ।  

कोरोना महामारीको समयमा क्रियाशिल एन.ए.एस.ले काठमाडौं महा नगरपालिकासँगको समन्वयमा सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।

एन.ए.एस.का निवर्तमान अध्यक्ष आचार्यले देश भित्रको आपतकालीन स्वास्थ्य सुविधाहरुलाई सुधार गर्नको लागी संस्थाको सदस्यको रुपमा सधैं सक्रिय रहने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप