शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा

सोमबार, ०७ भदौ २०७८, १८ : ५९
सोमबार, ०७ भदौ २०७८

काठमाडौं । सी.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल.ले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आर. ओ. वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ ।

यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रहेको ई.ओ.एल.ले जनाएको छ । नेपाल भरका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध यो प्युरिफायर शतप्रतिशत शुद्ध प्रिमियम र एक्स्ट्रा सुविधाहरु भएको कम्पनीले जनाएको छ । यसले अल्कलाइन सहितको पिउने पानी प्रदान गर्ने जसले पी.एच.को स्तर ८.५ देखि ९.५ को बिचमा सुनिश्चित हुने कम्पनीले जनाएको छ ।  

यस प्युरिफायरले आर.ओ. + यू. भी. + यू. एफ. + टी.डी.एस. नियन्त्रणको बहु शुद्धिकरण प्रक्रिया प्रयोग गर्ने र यू. भी. डिसइन्फेक्सन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्ने कम्पनीको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप