सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभासको ‘सालार’मा भित्रिए जगपति बाबु

सोमबार, ०७ भदौ २०७८, १८ : २९
सोमबार, ०७ भदौ २०७८


बलिउड सुपरस्टार प्रभास र श्रुति हासनको मुख्य भूमिका रहेको फिल्म ‘सालार’मा जगपति बाबु भित्रिएका छन् । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै जगपति बाबु भित्रिएको जानकारी दिएको हो ।

पोष्टरमा जगपति बाबु राजामनारको भूमिकामा देखिएका छन् । यो फिल्मको सबैभन्दा महत्त्वपूर्ण भूमिका भएको निर्माण युनिटले जनाएको छ ।

‘केजीएफ’ र ‘केजीएफ २’ का निर्देशक प्रशान्त नीलको ‘सालार’ एक लार्जर देन लाइफ फिल्म हो । होम्बले फिल्मस्को निर्माण रहेको ‘सालार’ एक्सन, एडवेन्चर फिल्म समेत भएको बताइन्छ ।

केजीएफ सीरीजपछि निर्देशक प्रशान्त नील होम्बले फिल्मस् बीच यो तेस्रो सहकार्य हो । फिल्मको २० प्रतिसत छायाँकन सकिएको छ । बाँकी २०२२ फेब्रुअरीसम्ममा गरिनेछ ।

फिल्मका निर्माता विजय किरागन्दरले फिल्मलाई बाहिर ल्याउन धेरै पर्खन नसक्ने बताए । ‘अहिलेको पोष्टर सार्वजनिक गर्नुको पछाडिको उद्देश्य  फिल्मको बिषयमा जिज्ञासा पैदा गर्नु हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप