शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सानिमालाई ५६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण अनुमति

सोमबार, ०७ भदौ २०७८, १८ : ००
सोमबार, ०७ भदौ २०७८

५६ मेगावाट क्षमताको जुमखोला हाइड्रोपावर निर्माणको अनुमति सानिमा हाइड्रोले पाएको छ ।  ५५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नजिकै बन्ने सो आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेको छ । 
तर, ‘टेक अर पे’ पीपीए रोकिँदा आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छैन । आयोजनाको निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य भएपनि विद्युत खरिद बिक्री सम्झौता नहुँदा वित्तीय व्यवस्थापन र निर्माण सुरु ढिलाइ भएको आयोजनाले बताएको छ ।

आयोजना स्थलसम्मको पहुँचमार्गदेखि प्रसारणलाइन निर्माणसम्मको काम सक्दा कुल १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यद्यपी, लामाबगरदेखि चीनसम्मको सडक जोड्ने आयोजना सरकारले बनाइरहेकाले पहुँचमार्ग निर्माणमा केही सहज हुने बताइएको छ ।

आयोजनामा २५ सय मिटर सुरुङमार्ग निर्माण गरेर १४ मेगावाट क्षमताका ४ वटा टर्बाइनबाट कुल ५६ मेगावाट विद्युत उत्पादन गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप