शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि बढ्यो बिटक्वाइनको मूल्य, एक बिटक्वाइनको मूल्य ५० हजार बढी

सोमबार, ०७ भदौ २०७८, १७ : ५४
सोमबार, ०७ भदौ २०७८

अन्तर्राष्ट्रिय बजारमा फेरी बिटक्वाइनको मूल्य बढेको छ । एक बिटक्वाइनको मूल्य आज अगस्ट २३ मा ५० हजार २३७ अमेरिकी डलर पुगेको हो । एक महिना अगाडि अर्थात जुलाई २३ मा बिटक्वाइनको मूल्य ३३ हजार ५२१ डलर थियो ।
त्यसपछि निरन्तर भाउ बढ्दै जुलाई ३० सम्ममा ४२ हजार १३७ डलरभन्दा माथि पुगिसकेको थियो । बिटक्वाइनको भाउ बढ्ने क्रम यही रोकिएन र अगस्ट ६ सम्म आइपुग्दा ४४ हजार ६९९ अमेरिकी डलर पुग्यो । त्यसपछि पनि निरन्तर उकालो लाग्दै उच्च बिन्दुमा पुगेको हो ।

यसअघि, विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको एउटा ट्वीटले बिटक्वाइनको मूल्य ह्वात्तै घटेको थियो । मस्कको बिटक्वाइन विरोधी ट्वीट अघिसम्म टेस्लाको कार किन्दा बिटक्वाइनमार्फत भुक्तानी गर्न मिल्थ्यो ।

मस्कले ट्वीटमार्फत टेस्लाको कार किन्दा बिटक्वाइनमार्फत भुक्तानी नलिने घोषणा गरेका थिए । ट्वीटलगत्तै ५० हजारभन्दा माथि रहेको बिटक्वाइनको मूल्य घटेर ३० हजार डलरमा आइपुगेको थियो । त्यसबेला बिटक्वाइनको मूल्य यति धेरै पुग्‍नुमा पनि मस्कै हात थियो ।

घटेर ३० हजारसम्ममा आइपुगेपछि बिटक्वाइनको कारोबार गर्नेहरुको संख्या एकाएक उकालो लागेपछि फेरी मूल्य बढेको हो । पछिल्लो केही सातामा बिटक्वाइनको कारोबार गर्नेको संख्या बढेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप