अमेरिकालाई तालिबानको चेतावनी : ३१ अगस्टसम्म अफगानिस्तान खाली गर
सोमबार, ०७ भदौ २०७८, १६ : २०
तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ ।
तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् ।
उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’
उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन मंगलबार गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा थप समय बस्नका लागि भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै