माधव नेपालले नयाँ पार्टी खोल्न हतार गर्नुभो : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताएका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेको बताएका हुन् । ‘आज माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ । उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो’ नेता भट्टराईको भनाइ छ ।
यसअघि माधव नेपालसहित बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठक बसेर निर्णय गर्न भनिएपनि नेता नेपालले त्यसो नगरेको भट्टराईको भनाई थियो । ‘उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो । अब उहाँ पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ’ भटराईले सञ्चारकर्मीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात