आन्दोलनरत टेलिकमका कर्मचारी र व्यवस्थापनबीच वार्ता हुँदै, होला सहमति ?

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी र व्यवस्थापनबीच वार्ता सुरु भएको छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष मोहन फुयाँलले टेलिकमको केन्द्रीय कार्यालयमा साढे ३ देखि वार्ता सुरु भएको बताए । उनले कर्मचारी विनियमावली संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका तीन वटा ट्रेड युनियनका प्रतिनिधि वार्तामा सहभागी भएको बताए ।
वार्तामा तीन वटा युनियनका दुई/दुई जना, टेलिकमको व्यवस्थापनतर्फबाट ६ जना, सूचना तथा सञ्चार मन्त्रालयकातर्फबाट २ जना र टेलिकमको सञ्चालक समितिका एक सदस्य सहभागी छन् । टेलिकमको व्यवस्थापनले यसअघि पनि तीन पटक आन्दोलनरत कर्मचारीसँग वार्ता गरिसकेको छ । तर, अहिलेसम्म कुनै पनि सहमति बन्न सकेको छैन । फलस्वरूप, विगत ३६ दिनदेखि टेलिकमका कर्मचारी युनियनहरू निरन्तर आन्दोलनमा छन् ।
ट्रेड युनियनहरूले टेलिकमका १०औँ तहसम्मका कर्मचारीलाई युनियनको मान्यता दिनुपर्ने माग राख्दै आएका छन् । र, यो माग पुरा नभए सहमति नहुने उनीहरूको अडान छ ।
कर्मचारीले आन्दोलन रोक्नै चाहेनन् : प्रबन्ध निर्देशक
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीले आन्दोलन रोक्नै नचाहेको आरोप लगाएका छन् । उनले यसअघि पटक/पटक वार्ताको पहल गर्दा कर्मचारीहरूले नै इच्छा नदेखाएको बताए ।
यस्तै, उनले वार्तामा बस्दा कर्मचारीहरूले विभिन्न बाहानाबाजी गरेर आन्दोलनलाई थप लम्ब्याउने र सहमति नगर्ने प्रवृत्ति देखाएको समेत उनको आरोप छ । भने, ‘व्यवस्थापकसँग नभई लोकसेवा आयोग, मन्त्रालय र सञ्चालकसँगको माग भन्दै व्यवस्थापकसँगको बैठकमै बस्नुभएन । जसले गर्दा आन्दोलन थप लम्बिँदै गयो ।’
संवैधानिक व्यवस्थाअनुसार सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थामा सातौँ तहका कर्मचारीहरूलाई मात्र ट्रेड युनियनको मान्यता दिने व्यवस्था भएको अधिकारीले बताए । सोहीअनुसार लोकसेवालाई कर्मचारी विनियमावली संशोधन गरेर पठाउनसाथ कर्मचारी आन्दोलनमा उत्रिएका थिए । यसअघि, टेलिकमका नवौँ तहसम्मका कर्मचारीलाई ट्रेड युनियनको मान्यता दिने व्यवस्था थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’