कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
सोमबार, ०७ भदौ २०७८, १५ : ४६
दाङको घोराही उप–महानगरपालिकामा व्यक्ति हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद तोकिएका घोराही उप–महानगरपालिका–४ घर भएका ३७ वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२०६२ मंसिरमा नेपालीले सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका हु्न् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । हत्यापछि लुकेर हिँडेका प्रकाशलाई गोरखाको अजिरकोटस्थित झ्यालाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’