शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेका सबै पार्टी कमिटी जेठ २ कै अवस्थामा फर्काउने विषयमा छलफल

सोमबार, ०७ भदौ २०७८, १५ : १९
सोमबार, ०७ भदौ २०७८

नेकपा एमालेको संस्थापन पक्ष र तेस्रो धारका नेताहरुबीच पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर सहमति खोज्ने बारेमा छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्माओली र तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच सोमबार भएको छलफलमा उक्त सहमति भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

नेता भट्टराईका अनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि नेकपा एमालेको २०७५ जेठ २ को अवस्थाका सबै पार्टी कमिटीलाई क्रियाशील बनाउन अध्यक्ष केपी शर्माओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएका छन् । ‘नेकपा एमालेको एकता बचाउनलाई मूलतः १० सदस्यीय कार्यदलले तयार पारेको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई हामीले जोड दियौँ’ ओलीसँगको छलफलपछि भट्टराईले भने, ‘त्यसमा अध्यक्ष र हाम्रो बीचमा एउटा सहमति भएको छ ।’

उनले १० बुँदे प्रस्तावलाई कार्यान्वयनको प्रक्रिया अघि बढाउने भन्दै उक्त प्रस्ताव कार्यान्वयनको ठोस मोडालिटी बनाउन भोलि नै स्थायी कमिटी बैठक आव्हान गर्ने सहमति भएको बताए । भट्टराईका अनुसार भोलि बस्ने स्थायी समिति बैठकले प्रस्ताव कार्यान्वयनका लागि तिथि मिति समेत तय गर्नेछ । स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएर स्थायी समितिले गरेको सहमतिलाई परिष्कृत बनाउनेछ ।

‘२०७५ साल जेठ २ को एमालेको केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा र टोलसम्मका पार्टी कमिटी क्रियाशील हुन्छन् । आजको हाम्रो छलफलको पहिलो निष्कर्ष त्यो हो’ भट्टराईको भनाई छ । ओलीसँगको छलफलमा नेताहरुको जिम्मेवारी पनि जेठ २ को अवस्थामै यथावत राख्ने सहमति भएको छ ।

त्यस्तै भोलिकै स्थायी समिति बैठकले नयाँ पार्टी दर्ता प्रक्रियामा रहेका नेता माधवकुमार नेपाललाई दल दर्ताको प्रक्रियाबाट फर्कन अपिल गर्ने तयारी भएको नेता भट्टराईले जानकारी दिए । उनले त्यसमा अध्यक्ष केपी शर्माओली समेत विगतका कमी कमजोरीमा नफर्कने बताएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप