बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुसलाई जर्मनीको चेतावनी : युक्रेनविरुद्ध ग्यासको प्रयोग हतियारको रुपमा गरे....

सोमबार, ०७ भदौ २०७८, १५ : ०८
सोमबार, ०७ भदौ २०७८

जर्मनकी चान्सलर एंगेला मर्केलले यदि रुसले युक्रेनविरुद्ध विवादास्पद ग्यास पाइपको प्रयोग गरे उसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । 

चान्सलरको पद छोड्नुअघि अन्तिम पटक कीवको भ्रमणमा निस्किएकी एंगेला मर्केलले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग आफूले ‘नर्ड स्ट्रिम–२’ प्रोजेक्टको विषयमा उनको चिन्ता बुझेको बताइन् । 

युक्रेन यो ग्यास पाइप लाइनको विरोध गरिरहेको छ । उसले यो पाइन लाइनका कारण उनको सुरक्षालाई  खतरामा पुर्याउने बताएको छ । यो ग्यास पाइप लाइन बाल्टिक सागर मुनी राखिनेछ र यसमार्फत् जर्मनीलाई रुसको तर्फबाट ग्यासको निर्यात दोब्बर हुनेछ । 

युक्रेनलाई डर छ कि रुसको नर्ड स्ट्रीम–२ ग्यास पाइप लाइन प्रोजेक्टका कारण यो क्षेत्रबाट हुने ऊर्जा आपूर्तिमाथि मस्कोको नियन्त्रण बढ्नेछ र उसको प्रभाव थप बलियो हुनेछ । 

आइतबार एंगेला मर्केलसँगको एक साझा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले यो प्रोजेक्टलाई ‘क्रेमिलिनको जियोपोलिटिकल विपन’ (भूराजनीतिक हतियार) बताएका छन् । उनले यो परियोजना पूरा युरोपका लागि खतरनाक बन्ने बताएका छन् । 

तर १६ वर्षसम्म सत्तामा रहेर अबको जाडोमा पद छोडिरहेकी एंगेला मर्केलले जर्मनी र अमेरिका नर्ड स्ट्रीम–टु ग्यास पाइप लाइन प्रोजेक्टको प्रयोग युक्रेनविरुद्ध गर्न नहुने कुरामा सहमत भएको बताएकी छिन् । 

उनले भनेकी छिन्, ‘ग्यासको प्रयोग हतियार झैं’ गरिए जर्मनी र अमेरिकाबीच भएको सम्झौता अन्तर्गत रुसविरुद्ध प्रतिबन्ध लगाउन सकिनेछ ।’

अर्कोतर्फ, वोलोलिमीर जेलेन्स्कीले प्रश्न सोधेका छन्, ‘युक्रेनको पाइपलाइनमार्फत् जब रुसी ग्यासको आपूर्तिको सम्झौता तीन वर्षमा समाप्त भए के होला ?’

युक्रेनको ट्रान्जिट फीको नाममा अर्बौं डलरको आम्दानी हुन्छ र यो बन्द हुँदा उसको अर्थव्यवस्थालाई हानी पुग्नेछ । 

शुक्रबार मस्कोमा रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटघाटपछि किव भ्रमणमा आएकी जर्मन चान्सलरसँग युक्रेनसँग उसको रिन्यूएबल एनर्जी सेक्टरलाई बिस्तार दिनका लागि एक अर्ब डलरभन्दा बढीको मद्दत गर्ने बचन दिएका छन् । 

युरोपेली संघको ग्यासको आवश्यकताको ४० प्रतिशत रुसले पहिले देखि नै आपूर्ति गर्दै आएको छ । नयाँ पाइपलाइनबाट बाल्टिक सागरमुनिबाट यात्रा गर्ने ग्यासको मात्रा बढेर हरेक वर्ष ५५ अर्ब क्यूबिक मिटर हुनेछ । 

मर्केलले मध्य र पूर्वी युरोपका देशलाई यो पाइपलाइनबाट जर्मनी रुसको ऊर्जा आपूर्तिमाथि निर्भर नहुने विश्वास दिलाउने कोसिस गरेको छ । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप