सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कस्तूरीको बीणा र चितुवाको छालासहित ५ जना पक्राउ

सोमबार, ०७ भदौ २०७८, १४ : ४१
सोमबार, ०७ भदौ २०७८

प्रहरीले बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट ५ जनालाई पक्राउ गरेको छ । 

बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का  मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्। प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।

 जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेकाे बताए । 

त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप