बालकोटमा ओली र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।
भेटका क्रममा चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।
त्यसको जवाफमा एमाले अध्यक्ष अोलीले आफूले सरकारको नेतृत्व गरेको बेला भारत सरकार र सो सरकारलाई समर्थन गरेको दल भाजपाको राम्रो सहयोग रहेको उल्लेख गर्दै त्यसका लागि आफूले धन्यवाद दिन चाहेको धारणा राखेका थिए । आफूले भाजपा र एमालेबीच राम्रो सम्बन्ध कायम रहोस् भनि चाहेको धारणा पनि राखेको बताइएको छ ।
चौथाइवालेले आजै अपरान्ह ४ वजे पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती