अभिषेक बच्चनलाई हेर्न छोरीसँग अस्पताल पुगे अमिताभ, यता सुटिङ छोडेर श्रीमानलाई भेट्न ऐश्वर्या पनि आइन्
हिजो राती अमिताभ बच्चन आफ्नी छोरी श्वेता बच्चनसँग लीलावती अस्पताल बाहिर देखिए । उनको फोटो सोसल मिडियामा भाइरल भएपछि प्रशंसकले अमिताभलाई नै केही भएको हो कि भनेर विभिन्न अड्कलबाजी गरे । तर वास्तवमा अमिताभ अभिषेक बच्चनलाई हेर्न अस्पताल पुगेका थिए जो हात भाँच्चिएका कारण अस्पतालमा भर्ना भएका थिए । सार्वजनिक भएका फोटोमा श्वेता र बिग बी निकै उदास देखिएका छन् ।
यस्तै अर्कोतर्फ आफ्नो फिल्मको सुटिङ गर्न ओरछा गएकी ऐश्वर्या राय बच्चन पनि श्रीमान अस्पताल भर्ना भएको खबर पाएपछि आराध्यालाई लिएर मुम्बई फर्किइन् ।
स्मरण रहोस्, अभिषेक बच्चनलाई हालै चोट लागेको थियो । उनका औंलाहरुमा निकै चोट लागेको छ र ती फ्याक्चर पनि भएका छन् । उनको हातमा ब्यान्डेज बाँधिएको छ । हाल उनी उपचारका लागि लीलावती अस्पतालमा भर्ना भएका छन् ।
भाइ अभिषेकलाई अबेर राती हेर्न श्वेता आफ्ना पितासँग अस्पताल पुगेकी थिइन् । यतिबेला उनीहरु निकै उदास देखिएका थिए ।
यस्तै दुई दिन अघि आफ्नो फिल्म पोन्नियिन सेलवनको सुटिङ गर्न छोरी आराध्यासहित ओरछा पुगेकी ऐश्वर्या राय पनि श्रीमान् अस्पताल भएको खबर सुनेर हत्त न पत्त आफ्नो नीजि जेटबाट मुम्बई पुगिन् ।
एयरपोर्टबाट सार्वजनिक भएको फोटोमा देख्न सकिन्छ कि उनले कालो रङको कुर्ता र प्लाजो लगाएकी छिन् ।
स्मरण रहोस्, ऐश्वर्या राय बच्चन छोरीसँग विशेष विमानबाट दतिया पुगेकी थिइन् । त्यसपछि उनी ओरछा पुगिन् । उनी त्यहाँ निर्देशक मणिरत्नमको फिल्म पोन्नियिन सेलवनको सुटिङ गर्न पुगेकी थिइन् । यहाँका १६ औं शताब्दिका भव्य महल र मन्दिरमा पनि सुटिङ हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण