मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेद्वारा आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

सोमबार, ०७ भदौ २०७८, १४ : ०४
सोमबार, ०७ भदौ २०७८

नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

एमाले सासंदहरुले बैठक सुरु हुनासाथ ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा  कायम गर’ जस्ता नारा लगाएका थिए। 

एमालेकाे निरन्तर नाराबाजीपछि बैठक २:३० सम्मका लागि स्थगित गरिएको छ ।

दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप