बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको राजनीतिक प्रतिवेदन : काँग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादउन्मुख जनवाद असफल (पूर्णपाठ)

सोमबार, ०७ भदौ २०७८, १३ : १०
सोमबार, ०७ भदौ २०७८

जनता समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको निश्कर्ष निकालेको छ । ‘नेपालमा नेपाली काँग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको छ’, गत भदौ २ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै विचारको दृष्टिले वैकल्पिक र शक्तिको दृष्टिले पहिलो बन्ने अभियानको अभियन्ता भएको समेत जसपाले जनाएको  छ । ‘पुरानो विचार बोकेर वैकल्पिक शक्ति निर्माण हुँदैन । त्यसका लागि विचार, सङ्गठन, सङ्घर्ष सबै हिसाबले नयाँ ढङ्गको, हरेक क्षेत्रमा आफ्नो अलग विकल्प भएको तथा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद निर्माणको कार्यभारहरूलाई पूरा गर्न सक्ने पार्टी हुनु पर्दछ’, राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

यस्तो छ जसपाले पारित गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप