‘टाइगर ३’ मा यस्तो छ सलमानको लुक्स
सोमबार, ०७ भदौ २०७८, १२ : ३१

अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म ‘टाइगर ३’ को सुटिङका लागि उनी शुक्रबार त्यहाँ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ सेटबाट फिल्मका केही तस्बिर अहिले बाहिर आएको छ । जसमा सलमान सुनौलो रंगको दाह्री, जुँगा र कपालमा विदेशी नागरिक झै देखिएका छन् । उनको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ ।
सलमान अघिल्लो दुई सिक्वेल झै यो फिल्ममा पनि ‘र’ एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्ममा कट्रिनाको समेत दमदार भूमिका रहेको छ । फिल्ममा इमरान हाशमी नेगेटिभ भूमिका भएपनि राम्रो भूमिकामा देखिँदैछन् । इमरान भित्रिने दृश्य आकर्षक बनाउनका लागि निर्माण युनिटले दश करोड खर्च गरेको छ । यो सबैभन्दा महंगो एक्सन फिल्म हुन सक्ने बताइन्छ । फिल्मका निर्देशक मनिष शर्मा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन