रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला
सोमबार, ०७ भदौ २०७८, ११ : ४५

रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।
बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरी निरीक्षक बिसीले बताए । बालिकाको मृत्यु हुनुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा