सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘केजीएफ–२’ को रिलिज मिति तोकियो

सोमबार, ०७ भदौ २०७८, ११ : ४३
सोमबार, ०७ भदौ २०७८

बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो । 

फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् । 

 

सन् २०१८ मा ‘केजीएफ च्याप्टर १’ रिलिज भएको थियो । यसको दोस्रो भागको कौतुहलतापूर्वक प्रतीक्षा गरिएको छ । फिल्मका निर्माता तथा कास्टले रक्षाबन्धनको अवसर पारेर यसको रिलिज मिति २०२२ को अप्रिल १४ तोकेका छन् ।

होम्बले फिल्मस्ले ‘केजीएफ–२’ को नयाँ पोस्टरसँगै लेखेको छ, ‘पछिल्लो समयको अनिश्चितताका बाबजुत हामीले १४ अप्रिल २०२२ मा सिनेमाघरमा आउनेछौँ ।’

साथै, फिल्मका अभिनेता सञ्जय दत्ताले पनि फिल्मको पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति तोकिदिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप