नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेट्स (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिए । शेर्पाले आज सेमिफाइनल खेल्नेछन् ।
यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेका छन् । उनी सम्मिलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी भएका छन् । प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् ।
गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी रहेका छन् । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन् । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट