आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झापामा ८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या

सोमबार, ०७ भदौ २०७८, १० : ४०
सोमबार, ०७ भदौ २०७८

काठमाडौं । झापामा ८ महिनाकी छोरीसहित दम्पतीले आत्महत्या गरेका छन् । कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र छोरी रुविनाले झुन्डिएर आत्महत्या गरेको झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । 

घरभित्र चुकुल लगाएर नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । 

रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । छिमेकीका अनुसार पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो । रविनले ‘विदेश पठाउँछु’ भनेर  गाउँमा धेरै जनासँग पैसा लिएको र दिनहुँ पैसा माग्ने मान्छे घरमा आउन थालेपछि पारिवारिक तनाव सिर्जना भएको बताइएको छ ।

‘घटनाको कारण खोज्दै छौं’ एसपी सानुराम भट्टराईले भने–‘छोरी र श्रीमती एउटा डोरीमा र रविन अर्को  डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप