मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

सोमबार, ०७ भदौ २०७८, १० : ३८
सोमबार, ०७ भदौ २०७८

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ । 

दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।  बी एण्ड सी अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ । 

उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् । 

द स्याडोज नेपालका गायक स्वप्निल शर्माले पनि उनलाई सहयोग गरिदिन याचना गरेका छन् । 

उनले लेखेका छन्, ‘राजू पूर्वी नेपालका निकै राम्रा भोकलिस्ट हुन् । निकै सहयोगी भाइ र असाध्यै राम्रा व्यक्ति आज आइसीयूमा छन् र उनलाई हाम्रो सहयोगको खाँचो छ । उनलाई ब्लड क्यान्सर भएको छ । ’

‘हामी सबै एकजुट होऔं र उनलाई सहयोग गरौं,’ उनले लेखेका छन् । 

साथै, श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले पनि उनलाई सहयोग गर्न फेसबुकमा पोस्ट गरेका छन् । 

यस्तै, एएसएम ब्यान्डका गायक अभिषेक शंकर मिश्राले पनि राजुलाई सहयोग गरिदिन सबैमाझ आग्रह गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंकको बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् । 

A/C Name - Raju chaudhary

A/C Number - 0110751802205001

Branch- birtamode ,jhapa

Bank name - Sunrise bank birtamode

E-sewa name - Raju chaudhary

E - sewa number - 9817935733


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप