इतिहासमा आज : चन्द्रमाको कक्षबाट खिचियो पृथ्वीको पहिलो तस्बिर
![इतिहासमा आज : चन्द्रमाको कक्षबाट खिचियो पृथ्वीको पहिलो तस्बिर](https://rpcdn.ratopati.com/media/albums/NASA-Apollo8-Dec24-Earthrise_8E0Xi4iWgw.jpg)
सन् १९६० को दशकको सुरुवातमा अमेरिकाले एपोलो मिसन सुरु गरेको थियो । यस मिसनको उद्देश्य चन्द्रमामा मान्छे पठाउनु थियो । तर, त्यतिबेला वैज्ञानिकहरूसँग चन्द्रमाको सतहको विस्तृत तस्बिर समेत थिएन । एपोलो मिसनका लागि चन्द्रमाको सतहको तस्बिर आवश्यक थियो जसको मूल्याङ्कन गरेर अन्तरिक्ष यानलाई ल्यान्डिङ कहाँ गर्ने भनेर तयारी गर्न सकियोस् ।
नासाले १० अगस्त १९९६ मा अर्बिटर १ लञ्च गर्यो । यसमा एक मेन इन्जिन, ४ सोलार प्लेट र ६८ किलोको कोड्याक इमेजिङ सिस्टम फिट गरियो । यसका काम अलग–अलग एंगलबाट चन्द्रमाको सतहको तस्बिर खिच्नु थियो । चन्द्रमाको कक्षमा पुग्ने यो विश्वको पहिलो अन्तरिक्ष यान थियो ।
अन्तरिक्ष यानको लञ्च सफल भयो र १४ अगस्तमा यो चन्द्रमाको कक्षसम्म पुग्न सफल भयो । सन् १९६६ अगस्त २३ मा यसले पृथ्वीको पनि एउटा तस्बिर खिच्यो । चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको यो पहिलो तस्बिर थियो ।
अर्बिटर १ ले चन्द्रमाको कक्षबाट खिचेको पृथ्वीको पहिलो तस्बिर
२८ अगस्तसम्म यसले चन्द्रमाको सतहको कूल २०५ वटा तस्बिर पठायो । २९ अक्टुबरमा चन्द्रमाको सतहसँग ठोक्किएर यो नष्ट भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन