मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।
गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।
कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि दिएको आवेदन सदर भएको थियो भने ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ निष्काशन गरेकोमा ५ हजार ४ सय ६९ कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको र ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
सेयर बाँडफाँडको नतिजा (रिजल्ट) बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ भने मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टबाट समेत हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भीम रावलको पार्टी गठन प्रक्रिया सुरू, ओलीविरुद्ध विपक्षी दल आक्रामक
-
मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन: राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नू
-
पर्यटन व्यवसायी प्रेम घलेको निधन
-
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग
-
बागमती प्रदेश समन्वय परिषद्को बैठक : ‘डोजरे विकास बढी भयो’
-
कुलमान र महावीरप्रति एमाले नेता गुरुङको आपत्तिजनक टिप्पणी