आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घनश्यामको गाईजात्रे कोसली ‘ट्वाकेन्द्रसँग मनका कुरा’ !

सोमबार, ०७ भदौ २०७८, ०९ : ३६
सोमबार, ०७ भदौ २०७८

 काठमाडौंँ । हाँस्य कलाकार घनश्याम गौतमले गाई जात्राको अवसर पारेर गाईजात्रे कमेडी कोसेली ‘ट्वाकेन्द्रसँग मनका कुरा’ ल्याएका छन् ।

विभिन्न समसामयिक बिषयबस्तु अलवा द्वन्द कालका सहिद परिवारका सपना, देशको भ्रस्टाचार र कोरोना खोपको विषयमा ‘ट्वाकेन्द्रसँग मनका कुरा’मा प्रस्तुति मार्फत प्रहार गरिएको छ ।

अन्तर्वार्ता शैलीमा प्रस्तुत कमेडीमा चर्चित ढुङ्गेलको गौतमलाई साथ दिएका छन् । हरि कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘ट्वाकेन्द्रसँग मनका कुरा’को निर्माण संयोजकमा चर्चित ढुंगेल हुन् ।

यस अगाडि सार्वजनिक बिभिन्न गाईजात्रे कोसेलीमा नेकपा माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेर देखिएको गौतम यसमा ट्वाकेन्द्रको रुपमा देखिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप