खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित
सोमबार, ०७ भदौ २०७८, ०८ : ४५
फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए ।
विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरु मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो ।
विवादका क्रममा मार्सेका केही खेलाडी घाइते भएको अध्यक्ष पाबलो लाङगोरियाले दाबी गरे । खेलाडीको सुरक्षाका लागि आफूहरु मैदानमा प्रवेश गर्न अस्वीकार गरेको उनले बताए । यसअघि लिगको पहिलो खेलमा नै मोन्टेपेलियरबिरुद्धको पहिलो खेलमा पनि मार्सेका खेलाडीहरुमाथि बोतल प्रहार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या