मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुटुरोगको खतरा कम गर्ने २ चीज

सोमबार, ०७ भदौ २०७८, ०७ : ४९
सोमबार, ०७ भदौ २०७८


मुटुरोगका कारण हरेक वर्ष लाखौँको मृत्यु भइरहेको छ । पछिल्लो अध्ययनले ‘प्लान्ट बेस्ड डाइट’ ले मुटुरोगको खतरा कम गर्ने बताएको छ । अनुसन्धानकर्ताहरुले एक सयभन्दा बढी अध्ययनको समीक्षा गरे । जसको नतिजाका अनुसार योजनाअनुसार खाइने खानाले मुटुमा गहिरो प्रभाव पार्छ । जसले मुटुरोग लागेपछि मृत्युको सम्भावना कम हुन्छ ।

अध्ययनका अनुसार मेटा विश्लेषण कार्डियोभास्कुलर रिसर्चमा प्रकाशित एक अध्ययनले मुटुरोगको जोखिम कम गर्न योजनाअनुसार खाना खानुपर्ने बताएको छ । उक्त अध्ययन इटलीको नेपल्स युनिभर्सिटीका अनुसन्धानकताहरुले मुटुरोगको जाखिम र आहार प्याटर्नबीच सम्बन्ध रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताले धेरै सागसब्जी र कम मासुको सेवनले मुटुरोगबाट मृत्यु हुने खतरा कम गराउँछ । हरिया सागसब्जीसँग टमाटर खानु मुटुरोगबाट बच्ने सबैभन्दा उत्तम उपाय हो । 

अनुसन्धानकर्ताका अनुसार थोरै मासु खाने र हरिया सागसब्जीसँग टमाटर खाने गर्दा मुटुरोगको सम्भावना निकै कम हुन्छ । टमाटरमा लाइकोपीन एन्टिअक्सिडेन्ट हुन्छ । यसले नाडीको कार्यक्षमतामा सुधार ल्याउँछ र बिरामीबाट पनि बचाउँछ ।

यसका साथै, स्याचुरेटेड फ्याटको सट्टामा ओलिभको तेल जस्ता मोनोअनस्याचुरेटेड फ्याट समावेश गर्न सल्लाह दिन्छन् । अनुसन्धानकर्ताले ५ ग्राम ओलिभको तेल सेवन गर्दा कोरोनरी हार्ट डिजिज ७ प्रतिशत र कार्डियोभास्कुलर डिजिज ४ प्रतिशत र मुटुरोगको बिरामीबाट मर्ने खतरा ८ प्रतिशतसम्म कम गर्न सक्छ ।

अनुसन्धानकर्ताले हरेक दिन सागसब्जीसँग दुई सर्भिङ्ग्स खाँदा मुटुरोगबाट मृत्यु हुने सम्भावना ३४ प्रतिशतसम्म कम हुन्छ । टमाटर र हरिया सागसब्जीले सकारात्मक प्रभाव पार्छ । भने, रातो मासु र प्रोसेस्ड मासु कम खाँदा मुटुको सुरक्षा कम गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप