पहिलो खेलमा नै लुकाकुको गोल, आर्सनलको १२८ वर्षपछिकै खराब सुरुवात
दोस्रो पटक चेल्सीका लागि डेब्यू गरेका रोमेलु लुकाकुले गोल गर्दा आर्सनल २–० ले पराजित भएको छ । खेलको १५ औँ मिनेटमा नै गोल गर्दै लुकाकुले थोमस टुकलको टोलीलाई अग्रता दिलाएका थिए ।
लुकाकु हालै मात्र ९.८ करोड पाउन्डमा इन्टर मिलानबाट चेल्सी फर्किएका हुन् । यसअघि सन् २०११ मा लुकाकु चेल्सी भित्रिएका थिए । तर क्लबले उनलाई त्यतिबेला बेचेको थियो ।
खेलको दोस्रो हाफमा रिस जेम्सले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे । पराजयसँग आर्सनल पुछारबाट दोस्रो स्थानमा रहेको छ । आर्सनलभन्दा तल गोलअन्तरका आधारमा नर्विच मात्र रहेको छ । आर्सनलसहित पाँच टोलीले हालसम्म लिगमा अंक बटुल्न सकेका छैनन् ।
११८ सिजन र १२८ वर्षपछि लिग प्रतियागितामा आर्सनलको योसबैभन्दा खराब सुरुवात हो । पहिलो खेलमा आर्सनल ब्रेन्डफोर्डसँग २–० गोलले नै स्तब्ध बनेको थियो ।
0 - In what is their 118th campaign in England's top four tiers, Arsenal have opened a league season with two defeats and no goals after two matches for the first time in their history. Damaged. pic.twitter.com/mlXMGzPLvt
— OptaJoe (@OptaJoe) August 22, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन