पत्रपत्रिका
मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप
सोमबार, ०७ भदौ २०७८, ०६ : ३५
![मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप](https://rpcdn.ratopati.com/media/albums/rape-balatkar_aR0wE1ysPn.jpg)
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।
‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’
प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !