शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

आइतबार, ०६ भदौ २०७८, २१ : २३
आइतबार, ०६ भदौ २०७८

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । 

माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छोडिएको छ । 

बैठकले जिल्ला समन्वय समितिको संयोजक समेत तोक्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप