वसन्तपुर क्षेत्रमा काठमाडौं प्रशासनको अनुगमन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई पुनः सचेत गराएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारा लगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत गराएको हो ।
त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एकसय रुपैयाँका दरले जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरूका लागि अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्न पनि व्यापारीहरूलाई निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरी नबस्न व्यापारीहरूलाई निर्देशन दिएका छौं । र आफ्नो पसलमा आउने ग्राहकहरुलाई समेत सेनिटाइजर र अनिवार्य रुपमा मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न दिनुहोला भनेर निर्देशन दियौँ । यसै सन्दर्भमा हामीले मास्क नलगाएका ६८ जना व्यक्तिहरुलाई एक सयका दरले जरिवाना ग¥यौ र मास्क नलगाई हिँडिरहेका सर्वसाधारणलाई सम्झाई बुझाई मास्क लगाउन अनुरोध गरी ७५ जनालाई निःशुल्क मास्कको पनि व्यवस्था गरेका छौं ।’
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए÷नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन