भाजपा नेता विजय चौथाइवाले काठमाडौंमा
आइतबार, ०६ भदौ २०७८, २० : ५३
भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्री देउवासँगको भेटघाटमा दुई देशको आपसी सम्बन्ध तथा पार्टीस्तरमा सम्बन्ध कायम राख्ने विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस्तै उनले काँग्रेसका नेता प्रकाशशरण महतलाई पनि भेटेका छन् । चार दिनसम्म नेपालमा रहने चौथाइवाले अन्य पार्टीका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका उनी यसअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान