बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

कर्णालीमा आइतबार ह्वात्तै घटे संक्रमित

आइतबार, ०६ भदौ २०७८, १८ : ४५
आइतबार, ०६ भदौ २०७८

कर्णाली प्रदेशमा आइतबार कोरोना संक्रमणको दर ह्वात्तै घटेको छ। 
प्रदेशभर १५ जनामा मात्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ भने ४० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्  ।

आइतबार ८४ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार भदौ महिना शुरुभएदेखि कर्णालीमा पुनः कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । 

आइतबारको संक्रमणदर साउन महिनायता कै न्युन हो । आईतबार कोरोना संक्रमण देखिनेमा ७ जना जाजरकोट, रुकुम पश्चिमका ५ र सल्यानमा ३ जना रहेका छन् । सुर्खेतमा आईतबार संक्रमितको संख्या शुन्य रहेको छ । 

आईतबार कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन्।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको कुल संख्या घटेर ८६७ मा खुम्चिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप